Kathmandu Press

एमाले महाधिवेशनमा बिहान ४ बजेबाट मतदान सुरु

नेकपा (एमाले)को नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट मतदान सुरु भएको छ।
एमाले महाधिवेशनमा बिहान ४ बजेबाट मतदान सुरु

काठमाडौं, मंसिर १४ : नेकपा (एमाले)को नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट मतदान सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरी चुनावको उद्घाटन गरेका छन्। उनीसँगै अध्यक्षका दाबेदार भीम रावलले मतदान गरेका छन्।

एमाले अध्यक्षसँगै उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ। बिहान ४ बजेदेखि सुरु भएको मतदान १० बजेसम्म चल्ने जनाइएको छ।

महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी भइरहेका छन्। उनीहरु रातभर ब्युउझै रहेर मतदान गरिरहेका छन्।

मतदान सकिएलगत्तै मत गणना हुनेछ। विद्युतीय भोटिङ मेसिनबाट मतदान भएकोले मतदान सकिएको केही घण्टामै मत परिणाम आउने एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति: ०६:३५ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्