कांग्रेस महाधिवेशन कार्यतालिका : मंसिर २५ गते मनोनयन, २७ गते चुनाव
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ।सोमबार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २४...
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ।
सोमबार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २४ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । कार्यतालिका अनुसार २५ गते मनोनयन पत्र दर्ता हुनेछ ।
यस्तै दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुनेछ ।
यस्तै, प्रदेश तर्फ मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: २१:०१ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











