एमालेमा नयाँ नेतृत्व चयनका लागि राति ११ बजे देखि मतदान
काठमाडौं, मंसिर १३ : नेकपा (एमाले) को १० औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ ।यसअघि राति...
काठमाडौं, मंसिर १३ : नेकपा (एमाले) को १० औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ ।
यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका रहेपनि समय सारिएको हो । अहिलेसम्म पनि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छैन ।
अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी सचिव पदमा पनि ७ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ।
प्रकाशित मिति: २०:४२ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











