केन्द्रीय निर्वाचन समितिद्धारा डडेल्धुरा कांग्रेस अधिवेशन सदर
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई सदर गरेको छ ।‘डडेल्धुराका निर्वाचन अधिकृतको सिफारिस र निष्कर्ष मिलेकै देखिएकोले यस...
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई सदर गरेको छ ।
‘डडेल्धुराका निर्वाचन अधिकृतको सिफारिस र निष्कर्ष मिलेकै देखिएकोले यस सम्बन्धमा थप निर्णय गरिरहनु परेन’ भन्दै निर्वाचन समितिले अधिवेशनलाई सदर गरिदिएको हो ।
यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेज गरी फेरि अधिवेशन गर्न माग गर्दै निवेदन दिएका थिए।
निवेदनमाथि सुनुवाइ गर्दै आज निर्वाचन समितिले डडेल्धुरा अधिवेशनलाई सदर गर्ने निर्णय गरेको हो । डडेल्धुरामा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगले अधिवेशन गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति: १८:५४ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











