Kathmandu Press

महाधिवेशन प्रतिनिधिको चुन्ने र चुनिने थलो, उम्मेदवारी फिर्ता लिन्न : रावल

काठमाडाैं, मंसिर १३ : एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष पदका लागि आफूले दर्ता गरेको उम्मेदवारी फिर्ता नहुने बताएका छन्।सञ्चारकर्मीसँगको कुराकानीका क्रममा...
महाधिवेशन प्रतिनिधिको चुन्ने र चुनिने थलो, उम्मेदवारी फिर्ता लिन्न : रावल

काठमाडाैं, मंसिर १३ : एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष पदका लागि आफूले दर्ता गरेको उम्मेदवारी फिर्ता नहुने बताएका छन्।

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने थलो भएको स्पष्ट पार्दै उनले उम्मेदवारी फिर्ता नलिने बताएका हुन्।

निवर्तमान अध्यक्ष केपी ओलीविरुद्ध उम्मेदवारी दिएलगत्तै कतिपय प्रतिनिधिहरुबाट चर्को आलोचना खेपिरहेका रावलले लोकतन्त्रमा हुने प्रत्येक आलोचना, टिप्पणीलाई स्वाभाविक रूपमा लिएर त्यसको सम्मान गर्नुपर्ने बताए।

निर्वाचन हुँदैमा पार्टी एकता नहुने भन्न नमिल्ने उनको भनाइ थियो। ‘त्यसो हो भने त आम चुनावलगायत कुनै पनि निर्वाचन गर्नुभएन,’ उनले भने। लोकतन्त्रमा विधि, कानुन, व्यक्तिगत अधिकार मिचिए प्रणाली कमजोर हुने उनको भनाय थियो।

स्वच्छ प्रतिस्पर्धा गर्ने अधिकार प्रयोग गर्ने, नियमकानुन मान्ने, विधि मान्ने, राष्ट्रको हितलाई सर्वोपरि ठान्ने कुराले कहिल्यै एकता कमजोर नहुने उनको भनाइ थियो।

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्