थपिए २५९ संक्रमित, निको हुने २६४ जना, १ को मृत्यु
काठमाडौं, मंसिर १३ : पछिल्लो २४ घन्टामा देशभरिमा २५९ जना कोरोना संक्रमित थपिएका छन्।७,२३१ जनामा गरिएको पिसिआर परीक्षणबाट २४३ र २,६५७ जनामा गरिएको एन्टिजेन...
काठमाडौं, मंसिर १३ : पछिल्लो २४ घन्टामा देशभरिमा २५९ जना कोरोना संक्रमित थपिएका छन्।
७,२३१ जनामा गरिएको पिसिआर परीक्षणबाट २४३ र २,६५७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा २६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०२,६५३ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५२४ पुगेको छ।
अहिले देशभरिमा ६,९४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५१ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











