Kathmandu Press

शुक्रराज शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा 

पोखरा, मंसिर १३ : नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पोखरामा आज एक...
शुक्रराज शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा 

पोखरा, मंसिर १३ : नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए।
    
पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उनले ती अव्यवस्थालाई हटाउँदै संगठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पारे।
    
नेपाली कांग्रेस कास्कीको २०४६ देखि २०६१ सालसम्म पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२/६३ को जनआन्दोलनमा सक्रियता एवं जेल जीवन बिताउनाका साथै २०२३ सालमा गण्डकी छात्रसमितिको सदस्य, २०२६ सालमा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिवलगायत विभिन्न पदको जिम्मेवारी रही काम गरेका थिए। उनले राष्ट्रियसभा सदस्यको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्