Kathmandu Press

एमाले दसौं महाधिवेशन : उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन

चितवन, मंसिर १३ : एमालेको चितवनमा जारी दसौं महाधिवेशनबाट नेतृत्वमा चुनिन विभिन्न पदका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिएको छ।केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची...
एमाले दसौं महाधिवेशन : उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन

चितवन, मंसिर १३ : एमालेको चितवनमा जारी दसौं महाधिवेशनबाट नेतृत्वमा चुनिन विभिन्न पदका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेसँगै कसनै उम्मेदवारको विरोधमा उजुरी दिने समय सुरु भएको छ।

उमेदवारविरुद्ध​ उजुरी परेको अवस्थामा निर्वाचन समितिले छानबिन र निर्णय गर्ने तथा त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गर्नेछ।

दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ। त्यसअघि कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे पाउने व्यवस्था हुन्छ।

आइतबार राति संशोधन गरेर निकालिकएको तालिका अनुसार सोमबार राति निर्वाचन सुरु हुनेछ।

१९ जना पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवबाहेक सबै पदमा मतदान हुने पक्का भएको छ। 

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्