Kathmandu Press

राप्रपाकाे आसन्न महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्छ : राणा

काठमाडौं, मंसिर १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले आसन्न महाधिवेशनले सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्।आज (सोमबार) काठमाडौंमा...
राप्रपाकाे आसन्न महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्छ : राणा

काठमाडौं, मंसिर १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले आसन्न महाधिवेशनले सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्।

आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अध्यक्ष नउठ्ने र र अर्का अध्यष प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका हुन्।

उनले कार्यक्रममा बोलिरहँदा पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, दिवंगत नेता राजेश्वर देवकोटा, पद्मसुन्दर लावती लगायतको स्मरण गरे।

देशमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको स्पष्ट पारे। संघीयतालाई देशले धान्न नै नसक्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्