कांग्रेस सुनसरी सभापतिमा केदार भण्डारी
विराटनगर, मंसिर १३ : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन्।सोमबार सम्पन्न मतगणनामा भण्डारीले ११३ मतले सञ्जयकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।भण्डारीले १...
विराटनगर, मंसिर १३ : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन्।
सोमबार सम्पन्न मतगणनामा भण्डारीले ११३ मतले सञ्जयकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।
भण्डारीले १ हजार ४ सय २२ मत ल्याउँदा श्रेष्ठले १ हजार ३ सय ९ मत ल्याएका थिए।
उपसभापतिमा नागेशचन्द्र राई र पंकज कुमार महतो निर्वाचित भएका छन्। सचिवमा वीरेन्द्रकुमार शाह र माधवकुमार घिसिङ निर्वाचित भए।
सहसचिवमा मनीषकुमार राय र गणेश सुब्बा विजयी भएका छन्।
प्रकाशित मिति: १४:४२ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











