Kathmandu Press

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पेरिस, मंसिर १३ः  पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले...
पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पेरिस, मंसिर १३ः  पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् ।

 फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए। पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए। 

त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गरेका हुन् ।  

‘हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ’ उनले भने। 

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, मंसिर १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्