पूर्वमहान्यायाधिवक्ता रमेश बडाल बने एमाले केन्द्रीय सदस्य
चितवन, मंसिर १३ : पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य चुनिएका छन्।एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा उनी श्रमिक कोटाबाट केन्द्रीय सदस्य बनेका हुन्। आइतबार...
चितवन, मंसिर १३ : पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य चुनिएका छन्।
एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा उनी श्रमिक कोटाबाट केन्द्रीय सदस्य बनेका हुन्।
आइतबार राति एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा उनी पनि परेका थिए। सोमबार बिहान दिइएको उम्मेदवारी मनोनयन दर्ताको समयमा श्रमिक कोटामा कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन्।
ओली पछिल्लाेचाेटि प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्तामा नियुक्त भएका थिए।
प्रकाशित मिति: १३:४० बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











