Kathmandu Press

उत्तरी पेरूमा भूकम्प : १० घाइते, ७५ घर ध्वस्त

लिमा, मंसिर १३ : उत्तरी पेरुमा गएको ७।५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन्।यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको...
उत्तरी पेरूमा भूकम्प : १० घाइते, ७५ घर ध्वस्त

लिमा, मंसिर १३ : उत्तरी पेरुमा गएको ७।५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन्।

यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ। स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो। उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो। छिमेकी मुलुक इक्वेडरमा पनि यस भूकम्पबाट क्षति भएको समाचारमा जनाइएको छ।        

Hardik ivf

यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ। पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो। यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो। 

१० लाख जनसङ्ख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महसूस गरिएको थियो। पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ। यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ। 

भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन।  पेरुमा सन् २००७ अगस्त १५ मा गएको ७।९ म्याग्नीच्युडको कारण ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्