Kathmandu Press

ओमिक्रोन भित्रन सक्ने सम्भावना बढेपछि जापानद्वारा विदेशी यात्रु प्रवेशमा रोक

टोकियो, मंसिर १३ : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विभिन्न देशमा विस्तार हुन थाले सँगै जापानले सतर्कता अपनाउन थालेको छ।यसैक्रममा...
ओमिक्रोन भित्रन सक्ने सम्भावना बढेपछि जापानद्वारा विदेशी यात्रु प्रवेशमा रोक

टोकियो, मंसिर १३ : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विभिन्न देशमा विस्तार हुन थाले सँगै जापानले सतर्कता अपनाउन थालेको छ।

यसैक्रममा जापानले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। सोमबार (आज) जापानी प्रधानमन्त्री फुमिओ किसिदाले मंगलबारदेखि सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताएका हुन्।

जापानमा देखिन सक्ने सम्भावित खतरा रोक्ने प्रयास र पूर्वसावधानीस्वरुप यस्तो कदम चालेको किशिदाको भनाइ छ। 

उनले ओमिक्रोन भेरियन्टबारे थप विवरण नआउन्जेल मास्क लगाउन र भाइरसविरुद्धका अन्य आधारभूत नियम पालना पनि आह्वान गरेका छन्।

कोरोनाको प्रभाव कम हुँदै जाँदा जापानले अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै लगे पनि त्यसमा पुनः कडाइ हुने भएको छ। जसले गर्दा जपानसँग जोडिएका व्यापारी, त्यहाँ पढ्न जाने विद्यार्थी र विदेशी कामदारलाई समस्या हुने भएको छ।

यसअघि इजरायल, बेलायत, अमेरिकालगयत देशहरुले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेका छन्।

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, मंसिर १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्