Kathmandu Press

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्यमा निर्विरोध

चितवन, मंसिर १३ : चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन्।ती नेताहरू जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ,...
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्यमा निर्विरोध

चितवन, मंसिर १३ : चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन्।

ती नेताहरू जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा हुन्।

Hardik ivf

आइतबार राति एमाले अध्यक्ष केपी ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा उनीहरू ६ जना पनि परेका थिए। सोमबार बिहान दिइएको उम्मेदवारी मनोनयन दर्ताको समयमा श्रमिक कोटामा कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध भएक हुन्।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन्।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्