Kathmandu Press

केन्द्रीय कमिटीमा अटेनन् एमाले प्रमुख सचेतक भट्टराई

चितवन, मंसिर १३ : एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको ३०१ केन्द्रीय कमिटीको सूचीमा प्रतिनिधिसभामा पार्टी प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराई अटेनन्।सहमतिका लागि गरिएको...
केन्द्रीय कमिटीमा अटेनन् एमाले प्रमुख सचेतक भट्टराई

चितवन, मंसिर १३ : एमाले अध्यक्ष केपी ओलीले अघि सारेकाे ३०१ केन्द्रीय कमिटीको सूचीमा प्रतिनिधिसभामा पार्टी प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराई अटेनन्।

सहमतिका लागि गरिएको प्रयासका क्रममा उनी पाखा पारिएका हुन्। तर, कमिटीमा नवौं महाधिवेशनले निर्वाचित गरेका अधिकांश समेटिँदा उनलाई बाहिर पारिनुलाई आश्चर्यका रूपमा हेरिएको छ।   

ओलीका विश्वासपात्र मानिएका भट्टराईले पदाधिकारीमा आकांक्षा राखेका थिए। जारी महाधिवेशनमा उनी ओलीको सर्वसम्मत नेतृत्व चयनको आकांक्षालाई पूरा गर्न सकिने भनेर अहाेरात्र खटिएका थिए।

आफू केन्द्रीय कमिटीको सूचीमा नपरे पनि भट्टराईले उम्मेदवारी भने दिएनन्। केन्द्रीय कमिटीमा नसमेटिँदा उनले अपमान महसुस गरेको स्रोतको भनाइ छ।

उनलाई प्रदेश अध्यक्षको आश्वासन दिइएको बुझिएको छ।

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्