Kathmandu Press

डाबर नेपालसहित ५५ कम्पनीको लाभांश लैजान राष्ट्र बैंकको प्रतिबन्ध (सूचीसहित)  

काठमाडौं, भदौ ५ :  सरकारले विदेशी लगानी भएका कम्पनीहरुलाई लाभांश लैजान अंकुश लगाएको छ।

नेपालमा दशकौंदेखि लगानी गरिरहेका बहुराष्ट्र....

डाबर नेपालसहित ५५ कम्पनीको लाभांश लैजान राष्ट्र बैंकको प्रतिबन्ध (सूचीसहित)  

काठमाडौं, भदौ ५ :  सरकारले विदेशी लगानी भएका कम्पनीहरुलाई लाभांश लैजान अंकुश लगाएको छ।

नेपालमा दशकौंदेखि लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीलाई पुरानो विषय ब्यूँत्याएर  लाभांश लैजान रोक लगाइएको हो। जसको असर नेपालमा लगानी गरेका ५५ विदेशी कम्पनीहरुलाई परेको छ। 

हाल आएर विदेशी लगानी रहेका बहुराष्ट्रिय कम्पनीको लगानीको स्रोत राष्ट्र बैंकलाई बुझाउनु पर्ने बाध्यकारी नियम कार्यान्वयनमा आएसँगै ५५ वटा कम्पनीहरुले लाभांश लैजान नपाएका हुन्। 

Hardik ivf

राष्ट्र बैंकले विदेशी लगानी नेपालमा ल्याएर गरेको नाफाबाट प्राप्त लाभांश लैजान विभिन्न सर्तहरु राखेपछि रोकिएको हो। राष्ट्र बैंकले लाभांश लैजान विदेशी लगानी गर्दा स्रोत खुलाउनुपर्ने, लगानी भित्रिएको प्रमाण स्पष्ट नभएको, मुद्रा भित्रिएको बैंकको प्रमाणपत्र तथा कागजात माग पेश गर्न साउन ४ गतेसम्मको म्याद राष्ट्र बैंकले दिएको थियो।

पछिल्लो समय लगानी गरेका सबै बहुराष्ट्रिय कम्पनीहरुले त्यस्ता प्रमाण पेश गर्ने गरेको भएपनि पुराना कम्पनीहरुलाई राष्ट्र बैंकको निर्देशनले समस्या निम्त्याएको हो।

राष्ट्र बैंकको कडा प्रावधानपछि बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्राइभेट लिमिटेड, हिमालयन इन्काउन्टर, ड्रिम होटल प्रालि, द ह्वाइट याक प्रालि, स्मार्ट टेक सोलुसन प्रालि, कैलाश तिब्बत प्रालि, भिर रेष्ट क्याफे, सोलु हाइड्रोपावर कम्पनी प्रालि, करुणा नेपाल प्रालि, द ह्वाइट याक प्रालि, चितवन मेडिकल कलेज, नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लगायत ५५ वटा कम्पनीले त्यस्तो लाभांश लैजान नपाएका छन्। राष्ट्र बैंकले साउन ४ सम्म विवरण दिन परिपत्र गरेता पनि कुनै पनि कम्पनीहरु सम्पर्कमा आएका छैनन्। 

कम्पनीको सेयर लागतमा लगानीकर्ताको नाम उल्लेख नभएको, सेयरधनीबीच विवाद लगायत प्रक्रिया नपुगेको भन्दै ती कम्पनीको लाभांश रोकिएको हो। राष्ट्र बैंकले तत्कालीन लगानी भएको समयमा कुन बैंकबाट कसरी रकम ल्याइएको थियो भन्ने विषयमा समेत चासो दिएको छ।

राष्ट्र बैंकले लगानीको स्रोत समेत खुलाउन परिपत्र गरेपछि बहुराष्ट्रिय कम्पनीहरु पर्ख र हेरको अवस्थामा पुगेका छन्। 

हेर्नुस् सूची: 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, भदौ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्