नेपालगञ्जमा ‘गार्डेन मार्ट’ शुभारम्भ,चामलदेखि कृषी उपकरणसम्म एउटै छानामुनी
काठमाडौं, मंसिर १३ः बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा उद्घाटन भएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले यो मार्ट सञ्चालनमा ल्याएको...
काठमाडौं, मंसिर १३ः बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा उद्घाटन भएको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले यो मार्ट सञ्चालनमा ल्याएको हो । आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउने उद्देस्य गार्डेन मार्टको छ ।
संस्थाका अध्यक्ष केदारनाथ शर्माका अनुसार नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याइएको हो । मार्टमा विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरेको छ ।
मार्टमा हाल २ सय ८० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । अझै शाखा विस्तार गरी १२ सयलाई प्रत्यक्ष रोजगारीको अबसर सिर्जना गर्ने अध्यक्ष शर्माको भनाई छ ।
शर्माले भने, ‘मोफसलका ग्राहकलाई समेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हौँ । हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’











