Kathmandu Press

सुनको मूल्य १०० रुपैयाँले घट्यो

काठमाडौँ, मंसिर १३ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला   ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००...
सुनको मूल्य १०० रुपैयाँले घट्यो

काठमाडौँ, मंसिर १३ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला   ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला १०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, मंसिर १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्