Kathmandu Press

टंक कार्कीले दिए एमालेको सचिवमा उम्मेदवारी 

काठमाडौं, मंसिर १३ः चितवनको सौराहामा जारी एमालेको महाधिवेशनमा  नेता टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दिएका छन्। आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्ताव गरेका पदाधिकारीमा...
टंक कार्कीले दिए एमालेको सचिवमा उम्मेदवारी 

काठमाडौं, मंसिर १३ः चितवनको सौराहामा जारी एमालेको महाधिवेशनमा  नेता टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दिएका छन्। 

आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्ताव गरेका पदाधिकारीमा असन्तुष्ठ रहेका कार्कीले सोमबार बिहान उम्मेदवारी दिएका हुन्। 

ओलीले प्रस्ताव गरेको सचिवहरुमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ ।


त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।   भीम आचार्यले यसअघि नै सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् । 

प्रकाशित मिति: ११:१० बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्