Kathmandu Press

केपी ओलीले पनि दिए एमाले अध्यक्षमा उम्मेदवारी 

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली पनि अध्यक्षमा उम्मेदवारी दिन वाध्य भएका हुन्। ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।
केपी ओलीले पनि दिए एमाले अध्यक्षमा उम्मेदवारी 

काठमाडौं, मंसिर १३ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। यसअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली पनि अध्यक्षमा उम्मेदवारी दिन वाध्य भएका हुन्। 

ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

आइतबार रातिको बन्दसत्रमा ओलीले १९ सदस्यीय पदाधिकारीको नामावली प्रस्तुत गरेका थिए। ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्ठ  रहँदै भीम रावलले सोमबार बिहानै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए। त्यस्तै उपाध्यक्ष पदका लागि घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। 

सर्वसम्मत रुपमा पदाधिकारी र केन्द्रीय कमिटी चयन गरिने तयारीमा रहेका ओलीलाई काउन्टर दिँदै रावलले उम्मेदवारी दर्ता गराएपछि अन्य पदाधिकारी र केन्द्रीय कमिटीको सूचीमा असन्तुष्ट रहेकाहरुले पनि उम्मेदवारी दिने संकेत देखिएको छ। 

प्रकाशित मिति: १०:४७ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्