कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनमा सबुज बानियाँ नेतृत्वको प्यानल विजयी
काठमाडौं, मंसिर १३ः नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन्। सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गर्दै बानियाँ जिल्ला सभापतिमा निर्वाचित...
काठमाडौं, मंसिर १३ः नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन्। सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गर्दै बानियाँ जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
बानियाँले १ हजार ९५७ मत प्राप्त गर्दा कार्कीले १०८९ मतमात्र पाएका हुन् । विजयी भएका बानियाँलाई प्रकाशमान सिंह र गगन थापाले समर्थन गरेका थिए भने पराजित भएका कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले समर्थन गरेका थिए।
त्यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन् । केसीले १९२२ र नकर्मीले १८२९ मत पाएका छन् ।
सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन् ।
प्रकाशित मिति: १०:१५ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











