एमाले महाधिवेशनः घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी
काठमाडौं,मंसिर १३ः नेकपा एमालेको जारी महाधिवेशनमा घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दिएका छन्। आइतबार राति भएको बन्दसत्रमा पार्टी अध्यक्ष...
काठमाडौं,मंसिर १३ः नेकपा एमालेको जारी महाधिवेशनमा घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दिएका छन्।
आइतबार राति भएको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको १९ सदस्यीय पदाधिकारी र केन्द्रीय सदस्यको नामावलीमा असन्तुष्ट रहेका भुसाल र आचार्यले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।
१० औं महाधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिने भनिएपनि असन्तुष्ट व्यक्तिहरुले उम्मेदवारी दर्ता गर्ने क्रम शुरु भएको छ। यसअघि अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिइसकेका छन्।
रावल एमालेको नवौं महाधिवेशनमा ११४३ मत प्राप्त गरी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यस्तै १०९७ मतसहित घनश्याम भुसाल उपमहासचिव निर्वाचित भएका थिए भने भीम आचार्य १०३५ मतसहित सचिव पदमा निर्वाचित भएका थिए।
एमालेको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला १० बूँदे प्रस्तावसहित रावल, भुसाल, आचार्य सहितको समूह एमालेमै फर्केका थिए। एमालेमा फर्केपछि भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री समेत बनेका थिए।











