Kathmandu Press

को-को छन् ओलीको पदाधिकारी सूचीमा?

काठमाडौं, मंसिर १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएराति १९ जना पदाधिकारीको सूची सार्वजनिक गरेका छन्।उनले एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा...
को-को छन् ओलीको पदाधिकारी सूचीमा?

काठमाडौं, मंसिर १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएराति १९ जना पदाधिकारीको सूची सार्वजनिक गरेका छन्।

उनले एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पदाधिकारीको नाम सार्वजनिक गरेका हुन्। जसमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन्।

त्यस्तै, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल,, विष्णु पौडेल र सुवास नेम्वाङ छन्।

महासचिवमा शकर पोखरेल रहेका छन् भने उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्।

सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महाशेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल रहेका छन्।

उनले पदाधिकारीको सूचीमा भीम रावल र घनश्याम भुसालको नाम राखेका छैनन्। यसमा रावल र भुसालले असहमति जनाएका छन्।

 

प्रकाशित मिति: ०७:५६ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्