Kathmandu Press

चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको जनसंख्या वृद्धि

सिनिङ, मंसिर १२ : चीनको सबैभन्दा ठूलो ‘नूनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपंक्षी देखिएका छन्। यो वर्षमा जलमा बस्ने...
चीनको सबैभन्दा ठूलो ‘नूनिलो ताल’मा जल पंक्षीको जनसंख्या वृद्धि

सिनिङ, मंसिर १२ : चीनको सबैभन्दा ठूलो ‘नूनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपंक्षी देखिएका छन्। 

यो वर्षमा जलमा बस्ने चराहरूको सङ्ख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो। आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्ने गर्छ।

Hardik ivf

यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जंगली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन्।

आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको संख्याभन्दा हेपर स्वानको सङ्ख्या पनि २३० भन्दा बढीले बढेको छ।

चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन बिन्दु हो।

यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्पूर्ण घर पनि हो। 

हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन्। 

मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिलमहिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन्।

प्रकाशित मिति: २०:३६ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्