Kathmandu Press

उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

लिमा, मंसिर १२ :  स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पेरूको उत्तरी...
उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

लिमा, मंसिर १२ :  स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो। 

पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो।

यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ शहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ। यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजनआदिवासीहरू बसोबास गर्छन्।

Hardik ivf

यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो। 

लुसिया नाम गरेका एक प्रत्यक्षदर्शीले उत्तरी शहर चोटाको आरपीपी रेडियोसँग भने, 'भूकम्प शक्तिशाली थियो। भूकम्पपछि सबै नागरिक सडकमा निस्केका छौँ । थप पराकम्पनको चिन्ताले हामी साह्रै डराएका छौं'

पेरूको नागरिक रक्षामामिला हेर्ने ‘नेशनल इन्स्टिच्युट अफ सिभिल डिफेन्स’ले अहिलेसम्म कुनै क्षति भएको जानकारी आइनसकेको आफ्नो पहिलोे रिपोर्टमा उल्लेख गरेको छ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणले केही सम्भाव्य घाइते तथा क्षति हुने पूर्वानुमान् गरेपनि ठूलो क्षति भने नभएको जनाएको छ। 

भूकम्पको केन्द्रविन्दू रहेको स्थानबाट करिबएक हजार किलोमिटरभन्दा बढी दक्षिणमा पर्ने लिमामा यो कम्पन कम तीव्रताका साथ महसुस गरिएको थियो। यद्यपि लिमामा पनि केही मानिसहरू सडकमा निस्किएका थिए। 

१० लाख जनसंख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महशुस गरिएको थियो। 

पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकि यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ। यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ। भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन। 

प्रकाशित मिति: २०:०४ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्