Kathmandu Press

दैलेख कांग्रेस सभापतिमा रेग्मी विजयी 

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेस दैलेखको पार्टी सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् ।उनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७...
दैलेख कांग्रेस सभापतिमा रेग्मी विजयी 

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेस दैलेखको पार्टी सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतको अन्तरले पराजित गर्दै सभापति बनेका हुन् । खसेका जम्मा मत मध्ये रेग्मीले ७९१ मत प्राप्त गरेका थिए भने भण्डारीले ७५४ मत प्राप्त गरेका छन् ।

उनी वरिष्ठ नेता पौडेल निकट मानिन्छन् । कर्णालीका अन्य जिल्लामा देउवा पक्षले पौडेल पक्षको गढ भत्काउँदै आए पनि दैलेखमा देउवा पक्ष पराजित हुन पुग्यो ।

रेग्मीका प्रतिद्वन्द्वी भण्डारी दुल्लु नगरपालिकाका मेयर समेत हुन् ।

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्