Kathmandu Press

सुदूरपश्चिममा नौ जना कोरोनाबाट मुक्त

सुदूरपश्चिममा नौ जना कोरोनाबाट मुक्त

बैतडी, मंसिर १२ : सुदूरपश्चिम प्रदेशमा आज थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४६५ जनाको नमूना परीक्षण गरिएको थियो। 

स्वास्थ्य निर्देशनालयका अनुसार महाकाली अस्पतालमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर नौ जना कोरोनाबाट मुक्त भएका छन्। उक्त अवधिमा प्रदेशमा  सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन्। 

यसअघि शनिबार प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म १०९ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्