Kathmandu Press

कोरोना नयाँ भेरियन्टको जोखिम कम गर्न अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ...
कोरोना नयाँ भेरियन्टको जोखिम कम गर्न अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयको भनाइ छ । 

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्