Kathmandu Press

बेलायतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, मास्क अनिवार्य 

काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । बेलायतमा ओमिक्रोन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य...
बेलायतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, मास्क अनिवार्य 

काठमाडौं, मंसिर १२ : कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । बेलायतमा ओमिक्रोन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको हो ।

स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदो मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसकेका छन् । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन समेत अनिवार्य गरेको छ ।

यस्तै अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पूर्वी राज्य न्यु साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले नयाँ भेरियन्ट पुष्टि भएको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।  

प्रकाशित मिति: १९:११ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्