Kathmandu Press

कांग्रेस वडा अधिवेशनमा विवाद हुँदा गोली चल्यो 

काठमाडौं, मंसिर १२ : सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनका...
कांग्रेस वडा अधिवेशनमा विवाद हुँदा गोली चल्यो 

काठमाडौं, मंसिर १२ : सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरीले जनाएको छ ।

दुवै पक्षबीच विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। सर्लाहीमा क्रियाशिल सदस्यताको विषयलाई लिएर लामो समयदेखि संस्थापन र संस्थापन इतरबीच विवाद चलेको हो । 

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्