साँझ ७ बजे सुरू हुने बन्दसत्रमा अध्यक्ष ओलीले नयाँ नेतृत्वको खाका पेस गर्नुहुन्छ : बाँस्कोटा
चितवन, मंसिर १२ : एमाले नेता गोकुल बाँस्कोटाले आजको बन्दसत्र बेलुकी साँझ ७ बजे मात्र सुरु हुने र अध्यक्ष केपी ओलीले नयाँ नेतृत्वको खाका...
चितवन, मंसिर १२ : एमाले नेता गोकुल बाँस्कोटाले आजको बन्दसत्र बेलुकी साँझ ७ बजे मात्र सुरु हुने र अध्यक्ष केपी ओलीले नयाँ नेतृत्वको खाका बन्दसत्रमा पेस गर्ने बताएका छन्।
‘सहमतिमै नेतृत्व चयन हुन्छ। साँझ ७ बजे सुरु हुने बन्दसत्रमा सहमतिको खाका पेस हुन्छ,’ उनले भने।
सौराहासिथत होटल पार्क सफारीमा अध्यक्ष ओलीलाई भेटेर बाहिरिने क्रममा उनले सहमतिबाटै नेतृत्व चयन हुने दाबी गरे। सहमतिमै नेतृत्व छान्न भनेरै विधान संशोधन गरिएको उनले बताए।
नेता बास्कोटाले भीम रावल पनि सहमतिमा आउने र कुनै जिम्मेवारीमा बस्ने विश्वास उनले व्यक्त गरे। ‘भीम रावल एमालेकै नेता हुनुहुन्छ, एमालेमै बस्नुहुन्छ,’ उनले भने, ‘पार्टीले सहमतिका आधारमा जे जिम्मेवारी दिन्छ, उहाँले त्यो स्वीकार गर्नुहुन्छ। ‘
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











