एमाले महाधिवेशनः ३०१ केन्द्रीय सदस्यको सूची तयार, बन्दसत्र अझै सुरु भएन
काठमाडौं, मंसिर १२ः नेकपा एमालेमा जारी महाधिवेशनबाट चयन हुने ३०१ केन्द्रीय सदस्यको सूची तयार भएको छ । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा..._1280x688.jpg)
काठमाडौं, मंसिर १२ः नेकपा एमालेमा जारी महाधिवेशनबाट चयन हुने ३०१ केन्द्रीय सदस्यको सूची तयार भएको छ । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले ३०१ जना केन्द्रीय सदस्यको सूची तयार गरी अध्यक्ष केपी शर्मा ओलीलाई दिएका हुन् ।
अध्यक्ष ओलीले तिनै चार जना नेताहरुलाई केन्द्रीय सदस्यको नामावली तयार पार्ने जिम्मा दिएका थिए। अब ओलीले उक्त सूची हेरेपछि बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ।
पार्टीको अन्य पदाधिकारीमा भने अझैपनि सहमति जुट्न सकेको छैन। अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल आफूपक्षीय नेताहरुसँग छलफल गरिरहेका छन् भने पार्टीको अन्य पदाधिकारीहरु सर्वसम्मत चयन गर्न ओली छुट्टै छलफलमा छन्।
सहमति जुट्न नसक्दा आइतबार बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ५ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन। बन्दसत्र स्थलमा रहेका प्रतिनिधिहरु समेत हलबाहिर निस्केर माहोल बुझिरहेका छन्।











