Kathmandu Press

सिरियामा आतकङ्कारी आक्रमणमा एकै परिवारका तीनको मृत्यु

बेरुत, मंसिर १२ : सिरियाको उत्तरी सहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन्।यस आक्रमणमा...
सिरियामा आतकङ्कारी आक्रमणमा एकै परिवारका तीनको मृत्यु

बेरुत, मंसिर १२ : सिरियाको उत्तरी सहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन्।

यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ। यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन्। घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ।  

Hardik ivf

कुर्द प्रशासनको अधीनमा रहेको अरब बाहुल्य शहर मिनबेजमा नागरिकहरु बोकेको एउटा गाडी प्रवेशद्वारमा आतकङ्कारी विस्फोट भएको बताइएको छ। बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले उक्त विस्फोट कारबम भएको जनाइएको छ।

क्षेत्रीय प्रशासनको मुख्य लडाकू बल कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट्स जिहादी समूह विरुद्धको लडाईको नेतृत्व गरेको थियो। यस बलले युद्धग्रस्त सिरियाको पूर्वी र उत्तरपूर्वी क्षेत्रको विशाल क्षेत्रलाई नियन्त्रण गरेको छ।

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्