Kathmandu Press

अध्यक्ष ओलीको निर्णय नै अन्तिम हुन्छ : पृथ्वीसुब्बा

काठमाडाैं, मंसिर १२ : एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी छ। नेता कसरी व्यवस्थापन गर्ने भन्ने विषय महाधिवेशनका लागि निकै पेचिलो विषय...
अध्यक्ष ओलीको निर्णय नै अन्तिम हुन्छ : पृथ्वीसुब्बा

काठमाडाैं, मंसिर १२ : एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी छ। नेता कसरी व्यवस्थापन गर्ने भन्ने विषय महाधिवेशनका लागि निकै पेचिलो विषय बन्न पुगेको छ।

सकेसम्म सर्वसम्मतिले नेतृत्व चयन गर्ने अध्यक्ष केपी ओलीको आकांक्षामा विभिन्न अड्चन आइरहँदा नेता पृथ्वीसुब्बा गुरुङले ओलीको निर्णय नै अन्तिम हुने बताएका छन्।

सौराहास्थित पार्क सफारी होटलमा बसिरहेका ओलीसँग छलफल गरेर बाहिरिने क्रममा गुरुङले शनिबारको बन्दसत्रमै  सबै सहमति जुटिसकेको दाबी गरे।

शनिबारको बन्दसत्रले पार्टीमा पदाधिकारी टुंगो लगाउने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको छ। ‘अध्यक्ष कमरेडले जे भन्नुहुन्छ त्यही हुन्छ,’ उनले भने, ‘त्यसैले त उहाँलाई नेतृत्व चुन्ने जिम्मेवारी दिएका हौं।’

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्