कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।आज भएको दोस्रो चरणको मतदानमा ६६५ मत प्राप्त गरी उनी सभापतिमा...
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।
आज भएको दोस्रो चरणको मतदानमा ६६५ मत प्राप्त गरी उनी सभापतिमा विजयी भएका हुन्। उनका प्रतिसपर्धी रामकृष्ण चित्रकारले ६५३ मत पाए।
जिल्ला सभापति चयनका लागि शनिबार तीनजनाबीच प्रतिस्पर्धा भएको थियो। अर्का उम्मेदवार मीनकृष्ण महर्जन थिए।
मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच आज प्रतिस्पर्धा भएको थियो।
शनिबार तेस्रो मत ल्याउने महर्जनले आज चित्रकारलाई समर्थन गरेका थिए।
प्रकाशित मिति: १५:५८ बजे, आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











