Kathmandu Press

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु 

काठमाडौं, मंसिर १२ः पछिल्लो चौबिस घण्टामा मुलुकभर  १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन परीक्षणबाट...
थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु 

काठमाडौं, मंसिर १२ः पछिल्लो चौबिस घण्टामा मुलुकभर  १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन परीक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको ज्यान गएको छ। 

यससँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २० हजार ८७८ र एन्टीजेनतर्फ ९५ हजार ४७२ पुगेको छ। त्यसैगरी निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ। 

मुलुकभर हालसम्म ११ हजार ५२३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ६ हजार ५८९ जना होम आइशोलेसन, ३७७ जना संस्थागत आइशोलेसन र ९८ जना क्वारेन्टिनमा रहेका छन्। 

सक्रिय संक्रमितमध्य १७१ जना आइसियुमा छन् भने ३३ जना भेन्टीलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्