घण्टौं कुर्दा पनि ओली नआएपछि महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र हलबाट बाहिर निस्किए
काठमाडौं, मंसिर १२ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु बन्दसत्र हलबाट बाहिर निस्किएका छन्। बिहान ११ बजेदेखि ओलीलाई कुरिरहेका प्रतिनिधिहरु ढिलासम्म पनि ओली नआएपछि..._1200x800.jpg)
काठमाडौं, मंसिर १२ः नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु बन्दसत्र हलबाट बाहिर निस्किएका छन्। बिहान ११ बजेदेखि ओलीलाई कुरिरहेका प्रतिनिधिहरु ढिलासम्म पनि ओली नआएपछि हलबाट बाहिर निस्किएका हुन् ।
विहान १० बजे अध्यक्षले नाम प्रस्ताव राख्ने र दिउँसो अनुमोदन गर्ने कार्यसूची थियो । महाधिवेशन प्रतिनिधिहरु केही ढिला गरि ११ बजेपछि मात्र बन्दसत्र स्थलमा पुगेका थिए । प्रतिनिधिहरु बन्दसत्र स्थल पुगेपनि अध्यक्ष ओली भने आन्तरिक छलफलमै व्यस्त थिए ।
पार्टीको पदाधिकारीमा नेताहरुको रस्साकस्सी भएपछि सहमतिमा ल्याउनका लागि सबै पक्षसँग छलफल गर्नुपर्दा आइतबारको बन्दसत्र सुरु हुन नसकेको हो। ओली अहिलेसम्म पनि छलफलमै रहेको र सहमति जुटाएरै पदाधिकारी मनोनयन गर्ने पक्षमा रहेको नेताहरुले बताएका छन्।
‘अध्यक्षले सबैलाई सहमतिमा ल्याउने प्रयास गर्दै छलफल गरिराख्नुभएको छ, त्यसैले हामी एकछिन बाहिर निस्किएको’ बन्दसत्र हलबाट बाहिर निस्कँदै गरेका एक प्रतिनिधिले भने, ‘अध्यक्ष आउनुभएपछि फेरि हामी हलभित्र प्रवेश गर्छौं।'











