Kathmandu Press

सहमतिमै केन्द्रीय कमिटी घोषणा हुन्छ : योगेश भट्टराई

चितवन, मंसिर १२ : एमाले नेता योगेश भट्टराईले सहमतिमै केन्द्रीय कमिटी घोषणा हुने बताएका छन्।उनले सञ्‍चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनले...
सहमतिमै केन्द्रीय कमिटी घोषणा हुन्छ : योगेश भट्टराई

चितवन, मंसिर १२ : एमाले नेता योगेश भट्टराईले सहमतिमै केन्द्रीय कमिटी घोषणा हुने बताएका छन्।

उनले सञ्‍चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सहमतिमै टुंगो लगाउने बताएका हुन्। 

शनिबारको बन्दसत्रले पार्टी अध्यक्ष केपी ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार सुम्पिएको र सोहीअनुसार नै नेतृत्व चयन हुने उनले बताएका हुन्।

‘अध्यक्ष ओलीले पार्टीमा संवादहीनताको अवस्था रहन नदिने भन्नुभएको छ, आकांक्षी सबैसँग उहाँले पक्कै संवाद गर्नुहुन्छ,’ उनले भने, ‘यस्तो बेलामा अध्यक्षलाई अरुले सहयोग गर्नुपर्छ, अरूलाई अध्यक्षले सहयोग गर्नुहुन्छ।’

अध्यक्ष ओलीलाई सबैलाई सहमतिमा लैजान आफूहरूले सुझाव दिएको उनको भनाइ थियो। उनले भने, ‘मलाई सर्वसम्मत हुन्छ भन्ने लाग्छ, २२ सय प्रतिनिधिले पनि यही म्यान्डेट दिएका छन्,’ उनले भने।

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्