Kathmandu Press

सहमति गरेर कांग्रेसकाे दाङ सभापति बने शंकर डाँगी

दाङ, मंसिर १२ : नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी सहमतिका आधारमा निर्वाचित भएका छन्। पहिलो चरणमा मतदानबाट चुनिन नसकेपछि सहमतिमा उनी सभापति...
सहमति गरेर कांग्रेसकाे दाङ सभापति बने शंकर डाँगी

दाङ, मंसिर १२ : नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी सहमतिका आधारमा निर्वाचित भएका छन्। पहिलो चरणमा मतदानबाट चुनिन नसकेपछि सहमतिमा उनी सभापति बनेका हुन्। 

शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७७६ मत ल्याएका थिए। उनीपछि बढी मत ल्याउनेमा भूपबहादुर डाँगी थिए। भूपबहादुरले ५४५ मत ल्याएका थिए।

सभापतिका अन्य उम्मेदवार जानकीलाल बस्नेत र कमल किशोर घिमिरेले क्रमशः ४७१ र ३१५ मत ल्याएका थिए।

कांग्रेसमा प्रथम हुने उम्मेदवारले विजयका लागि ५० प्रतिशत मत ल्याउनैपर्ने प्रावधान छ। प्रथम हुने शंकरले सो प्रावधानअनुसार नभएपछि सभापतिका लागि आज पुनः निर्वाचन गर्ने कार्यक्रम थियो।  

तर भूपबहादुर र शंकरबीच सहमति भएपछि शंकर जिल्ला सभापति भएका हुन्। भूपबहादुरले शंकरलाई सभापति स्वीकार गरेपछि नतिजा घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्