नेतृत्वका लागि अध्यक्ष ओलीले छलफल गरिरहनुभएकाे छ, सहमित जुटेको छैन : नेम्वाङ
चितवन, मंसिर १२ : एमाले नेता सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीले छलफल गरिरहेको तर सहमित जुटिनसकेको बताएका छन्। आज...
चितवन, मंसिर १२ : एमाले नेता सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीले छलफल गरिरहेको तर सहमित जुटिनसकेको बताएका छन्।
आज अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिने क्रममा उनले नयाँ नेतृत्वका लागि व्यापक छलफल भइरहेका बताएका हुन्। नेम्वाङ छलफलका लागि सौराहास्थित ओली बसेको होटल पार्क सफारीमै पुगेका थिए।
ओली अझै सकेसम्म सर्वसम्मतिमै नेतृत्व चयन गर्ने कसरतमा छन्। त्यसका ओलीले बिहानैदेखि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्।
माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव दिएर दुईजनालाई पदाधिकारीमा ल्याउने प्रस्ताव ओलीले गरेको भनिए पनि नेता नेम्वाङले माओवादी केन्द्रबाट आएकालाई कुन–कुन पद दिने भनेर टुंगो लागिनसकेको बताए।
उनले अहिले माओवादी भन्ने नै नभएको, सबै एमाले नै रहेको, जसले जे पद पाए पनि एमालेले पाएको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो।
ओलीनिकट मानिएका नेता नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। तर सोही पदमा नेता ईश्वर पोखरेलले पनि दाबी गरेका छन्। एउटा पद दुई आकांक्षी भएपछि ओलीलाई मिलाउन सकस परिरहेको छ।











