एमाले महाधिवेशनः पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिने सहमति
काठमाडौँ, मंसिर १२ः नेकपा एमालेमा आएका पूर्वमाओवादी पक्षधरले जारी महाधिवेशनबाट दुई पदाधिकारी मात्र पाउने भएको छ। पूर्वमाओवादी पक्षका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौँ, मंसिर १२ः नेकपा एमालेमा आएका पूर्वमाओवादी पक्षधरले जारी महाधिवेशनबाट दुई पदाधिकारी मात्र पाउने भएको छ। पूर्वमाओवादी पक्षका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलबाट २ पदाधिकारी र ४० केन्द्रीय सदस्य पाउने सहमति भएको हो।
यसअघि पूर्वमाओवादी समूहले तीन पदाधिकारी दाबी गर्दै आएको थियो। उपाध्यक्ष, उपमहासचिव र सचिवमा एकएक जना पदाधिकारी पाउनुपर्ने दाबी पूर्वमाओवादी समूहको थियो।
पदाधिकारी र केन्द्रीय सदस्यका बारेमा छलफल गर्नका लागि पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट , मणि थापा र प्रभु शाह ओलीलाई भेट्न पुगेका थिए। भेटमा ओलीले दुई जनालाई पदाधिकारी २ जना स्थायी समिति र ४० जना केन्द्रीय समिति दिन सकिने निष्कर्ष निकालेका हुन्।
पूर्वमाओवादी पक्षबाट रामबहादुर थापा बादलले उपाध्यक्ष, टोपबहादुर रायमाझीले उपमहासचिव र लेखराज भट्टले सचिव दाबी गर्दै आएका छन्।











