कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरेको छ।समिति संयोजकको नयाँ जिम्मेवारी गोपालकृष्ण घिमिरेले पाएको छ। वरिष्ठ अधिवक्तासमेत रहेका...
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरेको छ।
समिति संयोजकको नयाँ जिम्मेवारी गोपालकृष्ण घिमिरेले पाएको छ। वरिष्ठ अधिवक्तासमेत रहेका उनी निर्वाचन समितिका सदस्य थिए।
यसअघिका संयोजक महादेवप्रसाद यादवले स्वास्थ्यको कारण देखाउँदै सभापति शेरबहादुर देउवासमक्ष पदबाट राजीनामा दिएको कांग्रेसले आज जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्रीसमेत रहेका देउवाले यादवको राजनीमा स्वीकृत गरेका छन्।
संयोजक रहेर गरेको भूमिकाप्रति देउवाले यादवलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











