Kathmandu Press

विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा पाकिस्तानको पेसावरमा प्रदर्शन

पेसावर, मंसिर १२ : विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएको भन्दै इमरान खान नेतृत्वको सरकारको विरोधमा विरोध पेसावर सहरमा र्‍याली गरेका छन्।विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने...
विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा पाकिस्तानको पेसावरमा प्रदर्शन

पेसावर, मंसिर १२ : विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएको भन्दै इमरान खान नेतृत्वको सरकारको विरोधमा विरोध पेसावर सहरमा र्‍याली गरेका छन्।

विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका विद्यार्थीले प्रदर्शनमा भाग लिएका थिए। प्रदर्शनकारीहरूले विद्यार्थी युनियनहरूको पुनर्स्थापनाको माग गरेका छन्।

विद्यार्थी नेता कासिम खानले मार्सल लबाट विद्यार्थी युनियनलाई प्रतिबन्ध लगाएको भए पनि पछिल्ला सरकारले पनि प्रतिबन्धलाई निरन्तरता दिएको बताएका छन्।

कासिम खानले विद्यार्थी युनियनमाथिको प्रतिबन्ध संविधानको धारा १७ को स्पष्ट उल्लंघन भएको बताए । त्यसमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई सार्वभौमसत्ता वा अखण्डताको हितमा कानुनले लगाएको कुनै पनि उचित प्रतिबन्धको अधीनमा संघ वा युनियनहरू खोल्ने अधिकार हुनेछ।ू

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्