Kathmandu Press

काँग्रेसको कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल निर्वाचित  

गण्डकी, मंसिर १२ः नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन्। शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका...
काँग्रेसको कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल निर्वाचित  

गण्डकी, मंसिर १२ः नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन्। शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन्।

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । 

कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे।    

पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी थिए।

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्