जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु
जाजरकोट, मंसिर १२ : जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।नेपालगञ्जबाट राडिबजार जाँदै गरेको ना...
जाजरकोट, मंसिर १२ : जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
नेपालगञ्जबाट राडिबजार जाँदै गरेको ना ७ ख २७५७ नम्बरको रात्रिबस जाजरकोटको भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
धेरैजसो घाइते र मृतक नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
प्रकाशित मिति: ०८:०४ बजे, आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











