Kathmandu Press

कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

नुवाकाेट, मंसिर ११  नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन्। सभापतिसहित सात पदाधिकारीमा महत...
कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

नुवाकाेट, मंसिर ११  नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन्। सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ। 

सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे। उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन्। शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो। जिल्ला सदस्यको मतगणाना भने जारी छ।

सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा छन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन्।

प्रकाशित मिति: २०:४१ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्