Kathmandu Press

संयुक्त अरब इमिरेट्समा सबै जनतामा कम्तिमा एक खोप पुग्यो

अबुधाबी, मंसिर ११ : संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।दक्षिण अफ्रिकाले पहिलो...
संयुक्त अरब इमिरेट्समा सबै जनतामा कम्तिमा एक खोप पुग्यो

अबुधाबी, मंसिर ११ : संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट डेल्टा स्ट्रेन भन्दा बढी संक्रामक भएको बताएको छ।
युएईको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी अरब राष्ट्रमा कोभिड-१९ भ्याक्सिनको 'कुल २१,८०२,०३२ डोज' दिइएको छ।

युएईमा हालसम्म २,१४५ जनाको मृत्युसहित कोभिड-१९ का ७ लाख ४१ हजारभन्दा बढी सङ्क्रमणका घटनाहरू दर्ता भएका छन्।

प्रकाशित मिति: १९:२३ बजे, शनिबार, मंसिर ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्