Kathmandu Press

पार्टीभित्रकाे लोकतन्त्रमा विपक्षीसँग जस्तो प्रतिस्पर्धा हुन सक्दैन : ओली

पार्टीभित्रकाे लोकतन्त्रमा विपक्षीसँग जस्तो प्रतिस्पर्धा हुन सक्दैन : ओली

चितवन, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र लोकतन्त्र भन्ने बित्तिकै विपक्षीसँग जस्तो प्रतिस्पर्धा हुन नसक्ने बताएका छन्।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले भने,  ‘लोकतन्त्र भन्नेबित्तिकै एउटै ढंगले प्रतिस्पर्धा गर्नुहुँदैन, पार्टीमा आन्तरिक एकताको समझदारी मुख्य कुरा हो।’
 
उनले पार्टीभित्रको प्रतिस्पर्धा मूल्यांकनका आधारमा हुने उनले स्पष्ट पारे।  ‘पार्टीभित्र प्रतिस्पर्धा मूल्यांकनका आधारमा हुन्छ, अन्य दलसँग बाहिर प्रतिस्पर्धा प्रमुख हुन्छ, पार्टीभित्र एकता मुख्य कुरा हुन्छ।’ उनले पार्टी एकताबाट विपक्षीसँग लड्न बल प्राप्त हुने कुरा सबैले बुझ्नुपर्ने उनको भनाइ थियो।
 

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्