वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानकाे उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर ११ : कांग्रेस नेता भीमसेनदास प्रधानले वाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले संविधानको मर्म र भावनाअनुरूप संघीयताको संस्थागत विकास गराउन आफू सक्रिय रहने बताए।
आफू वाग्मती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सबै जिल्लासँग समन्वय गरेर वाग्मती प्रदेशलाई नमुनाका रूपमा प्रस्तुत गर्ने आफ्नो मनशाय रहेको बताए।
प्रकाशित मिति: १७:३९ बजे, शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











